neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

Dec 21st, 2020

काठमाडौ, पुुस ६

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई आईतबार पक्राउ गरेको छ ।

जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्नेवर्ष २६ को छेसाङ्ग लामा र वर्ष २३ को शिल बहादुर तामाङलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटि एम डुक मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

त्रिपुरेश्वार स्थित अटो क्लिनिक मोटरसाईकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाईकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००६ प २४९५ रहेको खुल्न आएको छ । काठमाण्डौ अत्तरखेलबाट हराएको भनि जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं. ६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन यस महाशाखामा दिएका थिए । दुवैजनालाई मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi