neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यान्चेष्टर युनाईटेडसँग लिड्स ६-२ गोलले पराजित

म्यान्चेष्टर युनाईटेडसँग लिड्स ६-२ गोलले पराजित

Dec 21st, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस ६


इंग्लिस  प्रिमियर लिग फुटबलमा लिड्सले लज्जास्पद हार व्यहोरेको छ । आईतबार राति भएको खेलमा लिड्सलाई म्यान्चेष्टर युनाईटेडले ६-२ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन स्कट मक्टोमिने र ब्रुनो फर्नांडीसले दुई-दुई गोल,विक्टर लिन्डेलोफ र डानियल जेम्सले एक-एक गोल गरे । लिड्सको लिअम कूपर र स्टुअर्ट डलासले एक-एक गोल फर्काए । युनाईटेडले चार गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको दोस्रो मिनेटमा स्कट मक्टोमिने गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै तेस्रो मिनेटमा स्कट मक्टोमिने व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडको अग्रता दोब्बर पारे । २० औँ मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। ३७ मिनेटमा विक्टर लिन्डेलोफले चौथो गोल गरे।

४१ मिनेटमा लिड्सका कुपरले गोल गर्दै खेल ४-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ६६ औँ मिनेटमा डानियल जेम्सले गोल गर्दै टोलीलाई ५-१ ले अघि बढाए। ७० औँ मिनेटमा ब्रुनो फर्नांडीसले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ ले अघि बढाए।७३ औँ मिनेटमा लिड्सका स्टुअर्ट डलासले एक गोल फर्काए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र युनाईटेडले जित निकलेको हो ।

जितसँगै युनाईटेडले १३ खेलबाट २६ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ ।पराजित लिड्सको १७ अंक छ १४ औँ स्थानमा छ ।

लिगको अर्को खेलमा लेस्टर सिटीले टोटेनहमलाई २-० ले पराजित गरेको छ ।

लेस्टर सिटीलाई जित दिलाउन जेमी भार्डीले एक गोल गरे । लेस्टर सिटीले एक गोल आत्मघाती उपहार पाएको हो ।

पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए।त्यसपछि ५९ औँ मिनेटमा टोटेनहमका टोबी एल्डरवेरल्डले आत्मघाती गोल गरेपछि लेस्टर सिटीले जित निकालेको हो ।

जितसंगै लेस्टर सिटीले १४ खेलबाट २७ अंक जोडेको छ दोस्रो स्थानमा छ । टोटेनहमको १४ खेलबाट २५ अंक छ र पाँचौ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi