neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

डोल्पाको डाँफे चिडियाखाना लगिँदै

Dec 20th, 2020

डोल्पा, ५ पुस /रासस

डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई काठमाडौँस्थित चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका एक स्थानीयवासीले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौँ लैजान लागिएको निकुञ्जले जनाएको छ ।

एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसीगाँउ बस्ने स्थानीय वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको अस्थामा उद्धार गरी निकुञ्जमा बुझाउनुभएको थियो । सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।

डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिनभित्रै काठमाडौँ लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ । एक महिनायता दुई घोरल र एक डाँफेसहित तीन संरक्षित वन्यजन्तु स्थानीयवासीले नै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् ।

पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई वन्यजन्तु संरक्षणमा जागरुक बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ । संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कारसमेत दिँदै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi