neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गर्ने २ जना पक्राउ

फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गर्ने २ जना पक्राउ

Dec 18th, 2020

काठमाडौ, पुुस ३

फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका-६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेका छन् । सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।

सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने, Sex Extortion गर्ने, हैरानी गर्ने कार्य गरेको तथा थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi