neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोभिड १९ महामारीले नेपाली आप्रवासी श्रमिकहरूलाई पारेको प्रभावका बारेमा एम्नेस्टी नेपालद्वारा एउटा नयाँ रेडियो कार्यक्रम सुरू

कोभिड १९ महामारीले नेपाली आप्रवासी श्रमिकहरूलाई पारेको प्रभावका बारेमा एम्नेस्टी नेपालद्वारा एउटा नयाँ रेडियो कार्यक्रम सुरू

Dec 17th, 2020

काठमाडौ, पुुस २

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर एम्नेस्टी इन्टरनेसनल नेपालले भोलिबाट “हजार माइलको यात्रा“ नामक एउटा नयाँ अडियो कार्यक्रमको प्रसारण प्रारम्भ गर्दै छ । कोभिड-१९ महामारी र महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा गरिएका प्रतिकार्यले नेपाली आप्रवासी श्रमिकमाथि पारेको प्रभावका बारेमा उक्त कार्यक्रमले प्रकाश पार्ने छ ।

’द स्टोरी किचेन’ सँगको सहकार्यमा बनेको यस कार्यक्रममा छवटा श्रृङ्खलाहरू रहेका छन् । प्रत्येक श्रृङ्खलामा कोभिड-१९ महामारी सुरू भएपछि आप्रवासी श्रमिकहरूले भोगेका अनुभवहरूको विविध पक्षका बारे चर्चा गरिएका छन् र कार्यक्रममा आप्रवासी श्रमिक, सरकारी अधिकारीहरू, पत्रकार र आप्रवासी श्रमिकहरूको अधिकारक्षेत्रमा सक्रिय अभियन्ताहरूसँगको अन्तर्वार्ता र कुराकानी रहेको छ ।

“नेपाली आप्रवासी श्रमिकहरू महामारी सुरू हुनुअगाडिदेखि नै सबैभन्दा असुरक्षितमध्येको एउटा जनसाङ्खिक समूहमा रहेका थिए जो निरन्तर रूपमा रोजगारदाता र भर्ती केन्द्रहरूबाट दुर्व्यवहार र शोषणको शिकार हुदैँ आएका थिए । कोभिड-१९ महामारी र यस महामारीले निम्त्याएको स्वास्थ्य सङ्कटको प्रतिकार्यमा विभिन्न सरकारहरूले ल्याएका सरकारी नीतिहरूले उनीहरूको पहिल्यैदेखिको अस्थिर र जोखिम अवस्थालाई थप नाजुक बनाएको थियो । संक्रमणको जोखिम हुँदा हुँदै पनि कतिपय श्रमिकहरूलाई काममा जान बाध्य पारिएको थियो भने कतिपयलाई त आधारभूत सेवा सुविधाहरू उपभोग गर्नबाट समेत वञ्चित पारिएको थियो । र सरकारले एक्कासी र एकदमै छोटो सूचना दिएर सीमा नाकाहरू बन्द गरी आवतजावतमा बन्देज लगाएपछि हजारौं श्रमिकहरू अलपत्र परेका थिए,“ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो ।

“यो वर्ष स्वदेश र विदेश दुवै ठाउँमा यस्ता अद्भूत समस्याहरू सामना गर्न बाध्य भएका व्यक्तिका कथाहरूलाई यस रेडियो कार्यक्रमको श्रृङ्खलामा समेट्ने प्रयत्न गरिएको छ । साथै विभिन्न सरोकारवालाहरूलाई कार्यक्रमा आमन्त्रण गरेर हामीले आप्रवासी श्रमिकका हक-अधिकार सुनिश्चित गर्नका लागि आवश्यक पर्ने नीतिगत विषयका साथै यस वर्ष स्वदेश फर्किएका श्रमिकहरूको सहज र सफल सामाजिक पुनर्एकीकरण सुनिश्चित गर्ने राज्यको दायित्वका बारेमा एउटा संवादको सुरूवात गर्ने कोशिश गरेका छौं ।“

यस अडियो कार्यक्रमको पहिलो श्रृङ्खला भोलि बिहान उज्यालो एफएम, रेडियो सिन्धु, मिता एमएम (सिराहा), रेडियो नुवाकोट र शुक्लाफाँटा एफएम लगायत ७ प्रदेशका १७ वटा रेडियो स्टेशनहरूबाट प्रशारण हुने छ । कार्यक्रम हाम्रोपात्रो यापलगायत अन्य पोडकास्टिङ्ग प्लेटफर्ममार्फत अनलाइन पनि उपलब्ध हुनेछ । कार्यक्रमको नयाँ श्रृङ्खला हरेक शुक्रबार र शनिबार विहान सार्वजनिक हुनेछ । प्रसारण समयको विवरण संगलगन पोस्टरमा उल्लेखित छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi