काठमाडौं, १ पौष
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ्ग र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले हुलाकी राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–लगडी गदियानी सडक खण्ड कालोपत्रे निर्माणको शिलान्यास गर्नु भएको छ । उहाँहरुले सोमबार सयुक्त रुपमाशिलालेख अनावरण गरेर उक्त खण्डको शिलान्यास गर्नु भएको हो ।
पूर्वको झापादेखि सुदुरपश्चिम कञ्चनपुरसम्म जोड्ने हुलाकी राजमार्गको यस खण्ड शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेबाङ्गले स्थिर सरकारले मात्र विकास र समृद्धिलाई अगाडी बढाउन सक्ने बताउनु भयो ।उहाँले भन्नुभयो ‘नेपालमा विकास निर्माणको महाअभियान सुरुभइसकेको छ । त्यसको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ । यस्तो अभियान पुरा गर्न स्थिर सरकारले मात्र सक्छ । स्थिर राजनीतिले मात्र सक्छ । जुन कुरा अहिले हामीले मुलुकमा प्राप्त गरेका छौ ।’
मन्त्री नेम्बाङ्गले सरकार भौतिक पूर्वाधार निर्माणका नयाँ क्षेत्र र ठूलाठूला विकास निर्माणका आयोजना तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुका निर्माण कार्य थालनी गरिएको र यस्ता कार्यले मुलुकको अर्थतन्त्र चलायमान हुनका साथै आर्थिक उन्तनी र वृद्धि भइ समृद्ध राष्ट्र निर्माण गर्न टेवा पुग्ने बताउनु भयो ।
उहाँले आपसी असमझदारीले अस्थिरता पैदा भयो भने सुरु भएको विकासको महाअभियानमा अवरोध हुने, समाजवादसम्म पुग्न नसकीने बताउनु भयो । उहाँले भन्नुभयो ‘समृद राष्ट्र सुखी नेपाली’ नारालाई पुरा गर्न स्थिर सरकार चाहिन्छ । कथमकदाचीत बाटो विरायाँै भने अस्थिरता पैदा हुन्छ । अस्थिर राजनीति र सरकारले देशलाई समृद्धितिर डोर्याउन सक्दैन । त्यसो भएकाहुनाले खबरदारी गर्ने हकतपाई माया गर्ने जनसमुदायले राख्नु भएको छ ।’
मन्त्री नेम्बाङ्गले बर्तमान सरकारले दुई नम्बर प्रदेशलाई अत्यन्तै महत्वका साथ हेरेको भन्दै त्यहि भएर विकासका ठूलाठूला परियोजनाहरु तराई मधेसमा सञ्चालन गरिएको बताउनु भयो । पूर्वपश्चिम राजमार्गको चार लेन कालोपत्रे स्तरउन्तनी यहि ठाउँ कमला–कञ्चनपुर खण्डको निर्माण कार्य थालनी भइसकेको छ । पूर्वपशिचम उत्तरदक्षिण जोड्ने हुलाकी राजमार्गको निर्माण कार्य तीव्र ढंगले थालनी भइरहेको र आ.ब ०७८/७९ मा सम्पन्न हुदैछ । विरगन्ज–पथलैया–जटही जनकपुर ढल्लेबर जस्ता ६ लेनका कालोपत्रे बाटाहरु सम्पन्न हदैछन् । पूर्वपश्चिम विद्युतिय रेलमार्गको बर्दिवास–नीजगढ खण्डको निर्माण कार्य सुरु भइसकेको छ । इनरुवास–बर्दिवासखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्नभई निर्माण पूर्वका प्रारम्भिक कार्यको थालनी भइसकेको छ ।
जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको निर्माण कार्य धमाधम भइरहेको छ । उक्त ठाउँमा रेल सञ्चालन गर्न दुई वटा रेल ल्याइ सकिएको छ । केही महिनाभित्र सञ्चालन हुदैछ । उहाँले प्रश्न गर्नु भयोके यो विकास निर्माण कार्य दुई नम्बरप्रदेशका लागि गरेको होइन र ? यो सरकारले केही गरेन भन्ने भ्रमको खेति गर्नेहरुलाई यहि कुरा फर्केर हेरे प्रयाप्तहने उल्लेख गर्दै भन्नुभयो सरकारमाथी प्रश्न उठाउनु भनेको अस्थिरता ल्याउनु हो । अस्थिर राजनीतिले विकास निर्माणको गतिमा अवरोध पुर्याउँदछ ।
उहाँले संघीता कार्यान्वयनसंगै भएको पहिलो निर्वाचनमा आम नेपाली जनता सामु दुई वटा ठूला कम्युनिष्ट पार्टीलाई एकिकरण गर्ने घोषणा र बहुमत प्राप्त गरेमा सरकार मार्फत समाजवाद उन्मुख नीति कार्यक्रम लागु गर्ने जनता सामु प्रण गरिएकाले नै जनताले विश्वास गरेको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो ‘त्यहि विश्वासको आधारमा आम नेपाली जनताले पूर्ण बहुमत दिनु भएको हो ।’
उहाँले स्थिरताले मात्रविकास र समृद्धि सम्भव हुने भएकाले यो पाँचबर्षे स्थिर सरकारले पूर्णतापाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘त्यो पाँच बर्षे स्थिर सरकार तेस्रो बर्षमा प्रवेश गरेको छ । यसले पूर्णता पाउँनुपर्छ । जनतालाई गरेको प्रतिवद्धा पुरा गरिनुपर्छ ।’
उहाँले दुई ठुला कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रियाले पूर्णतापाउनु पर्ने जनताको भावनालाई नेताहरुले आत्मसाथ गर्ने समेत विश्वास दिलाउनु भयो । भन्नुभयो ‘तपाई जनसमुदायहरुको भावनालाई नेताहरुले आत्मसाथ गर्ने कुरालाई म विश्वास दिलाउन चाहान्छु ।’
त्यस्तै मन्त्री श्रेष्ठले गरिब सुकुम्बासी जनताको विकासका लागि सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘सुरक्षित नागरिक आवस जस्ता कार्यक्रम सिमान्तकृत जनतालाई लक्ष्यित गरि ल्याएको हो ।’