neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 16th, 2020

काठमाडौं, १ पौष

चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादार कसूर रगेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi