काठमाडौं, १ पौष
बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द भएको छ । बैंकले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट २०७७ मंसिर २४ गते देखीे “८.५ प्रतिसत बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा २०७७ मंसिर २९ गते सोमबार निष्काशन बन्द गरेको हो ।
बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ता महानुभावहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको जानकारी दिएको छ । बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले यो बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ । साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी पनि दिएको छ । बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।