neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हस्तकला प्रदर्शनीमा दुइ दर्जन उच्च अधिकारी

हस्तकला प्रदर्शनीमा दुइ दर्जन उच्च अधिकारी

Dec 16th, 2020

काठमाडौं, १ पौष

हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगाय करिब दुइ दर्जन उच्च अधिकारीहरुले अवलोनक गरेका छ । सोमबार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहाम्फे, वागमति प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गर्नुभएको हो ।

त्यस्तै मंंगलबार राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय सांसदका सहसचिव मुरारी महत, भीरकोट नगरपालिका स्याङजाका मेयर छायाराम खनाल, नेपालस्थित कोरियान राजदूत पार्क चोङ सुक, नेपालस्थित वंगलादेशका राजदूत सलाउद्धीन नोवान चौधरी र कन्सुलर महमद अल अलामुल इमामले अगवलोकन गर्नुभएको हस्तकला महासंघले जनाएको छ । त्यस्तै गरी संघीय सांसद नवराज सिलवाल, घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, ललितपुर नगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, बागमति प्रदेश सांसद ज्ञानेन्द्र शाक्य, लतिलपुर कलानगरीका संयोजक सुरेश महर्जन, ललितपुर नगरपालिका १६ का अध्यक्ष निर्मलरत्न शाक्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले अवलोकन गर्नुभएको छ । तीनदिने प्रदर्शनीको समापन सचिव घिमिरेले गर्नुभएको थियो । सविच घिमिरेसँग महासंघले सार्क हस्तकला विकास केन्द्रको हालसम्मको विकासक्रम र संचालनका विषयमा छलफलसमेत गरेको छ ।

यसैबीच महासंघले बाँसको उच्चस्तरीय प्रशिक्षणका लागि स्याङ्जाको भीरकोट नगरपालिकासँग सहकार्यका लागि सझौता गरेको छ । कार्यक्रममा हस्तकला ग्राम स्थापनाका लागि सरकारबाट जग्गा उपलब्ध गराईदिने र सार्क हस्तकला विकास केन्द्र संचालनका साथै ललितपुरको ग्रामीण क्षेत्रमा स्थानीय कच्चापदार्थ, श्रोत साधनमा आधारित स्वरोजगारमुखी प्रशिक्षण संचालन गर्ने सम्बन्धमा ललितपुर क्षेत्र नम्बर १ का संघीय सांसद नवराज सिलवालसँग छलफल भएको छ ।

त्यस्तै हस्त निर्मित कपडाको पोशाक राष्ट्रियसभाका सांसद र सांसद सचिवालयका राष्ट्रसेवक कर्मचारीले उपयोग गर्ने नीतिगत तथा प्रकृयागत व्यवस्था मिलाउने सम्बन्धमा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालसँग भएको छ । त्यसैगरी कलानगरीका रुपमा रहेको ललितपुर महानगरपालिका क्षेत्रका हस्तकलाको संरक्षण र हस्तकला सीप अभिबृद्धि तालिमलगायतका विषयमा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालसँग भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi