neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म ,उद्योग वाणिज्य महासंघका पदाधिकारीको स्वागत

हस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म ,उद्योग वाणिज्य महासंघका पदाधिकारीको स्वागत

Dec 15th, 2020

काठमाडौ, मंसिर ३०

हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगायले सोमबार अवलोनकन गर्नुभएको छ । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वागमति प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गर्नुभएको हो ।

नेपाल हस्तकला महासंघको ४८औं बार्षिकोत्सब नवौं हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले द्धीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा द्धीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले हिमालय टाइम्सलाई बताउनुभयो । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिकरुपमा हस्तकला प्रवद्र्धनसम्वन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

उद्योग वाणिज्य महासंघका पदाधिकारीको स्वागत

नेपाल हस्तकला महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ ।

सोमबार हस्तकला महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi