काठमाडौ, मंसिर ३०
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गतआ.ब. २०७६/७७ को मुनाफाबाट सात दसमलव ५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । जसमध्ये चुक्तापूँजीको पाँच दसमलव २५ प्रतिशत बोनस सेयर र दुुई दसमलव २५ प्रतिशत नगद लाभांस वितरण गर्ने बैकले जानकारी दिएको छ ।
बैकको सोमबार बसेको तीन सय २६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको पाँच दसमलव २५ प्रतिशत बोनस सेयर र दुुई दसमलव २५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको हो ।
यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १०औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने बैंकले जनाएको छ ।