neapl investment mega bank
  • गृहपृष्ठ
  • १३ बिमा कम्पनीले दुई वर्ष अघिको वित्तीय विवरण स्वीकृत गरेनन्, लगानीकर्ता लाभांंस बिहिन

१३ बिमा कम्पनीले दुई वर्ष अघिको वित्तीय विवरण स्वीकृत गरेनन्, लगानीकर्ता लाभांंस बिहिन

Dec 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर २८

आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरिसक्नुपर्ने भएपनि १३ वटा बिमा कम्पनीले अहिलेसम्म साधारण सभा गर्नका लागि वित्तीय विवरण समेत स्वीकृत गराएका छैनन् । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समिति यसमा चुप बस्दा बिमा कम्पनीहरु सुशासनमा चुकेका छन् ।

कम्पनी ऐन अनुसार कुनै पनि कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरिसक्नु पर्छ । यता बिमा ऐनले भने ६ महिना भित्र वित्तीय विवरण स्वीकृत र त्यसको चार महिना भित्र साधारणसभा गर्नुपर्ने बताएको छ ।

तर, बिमा कम्पनीहरुले भने आर्थिक वर्ष समाप्त भएको १६ महिना बित्नलाग्दा समेत वित्तीय विवरण स्वीकृत गराएका छैनन् । यसरी वित्तीय विवरण स्वीकृत नगराउने र साधारण सभा नगर्नेहरुमा अधिकांश जिवन बिमा कम्पनीहरु छन् । तर यो उनिहरुको वर्षाैअघि देखिकै रोग हो । जसमा बिमा समिति मुकदर्शक बनेको छ ।

समयमै साधारण सभा गर्न चुकेकाले एउटा मात्रै बिमा कम्पनी नेप्सको क बर्गमा सुचिकृत छ । ६ महिना भित्र बिमा कम्पनीले वित्तीय विवरण स्वीकृत गराउनुपर्ने भएपनि निर्जिबन बिमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, ओरेन्टल र नेशनलले अहिलेसम्म वित्तीय विवरण नै स्वीकृत गराएका छैनन् ।

त्यस्तै जिवन तर्फ राष्ट्रिय बिमा, नेपाल लाइफ, एलआइसी ,एसिएन, गुरास, आइएमई, युनियन रिलायबल सानीमा र सन नेपाल लाइफ इन्सुरेन्सले वित्तीय विवरण स्वीकृत गराएका छैनन् । कम्पनि ऐनका अनुसार १ करोड भन्दा माथिको कम्पनीले समयमै वित्तीय विवरण नबुझाए र साधारण सभा नगरे प्रत्येक वर्षकोे २० हजार रुपैया जरिवाना लाग्ने व्यवस्था छ । बिमा कम्पनीहरु त सुशासनमा चुकेका नै छन् ।

यता उनिहरुको नियमन गर्ने निकाय बिमा समितिले पनि उनिहरुलाई नियम पालना गराउन त सकेको छैनन नै उसले पनि समयमै वित्तीय विवरण स्वीकृत गर्न नसकेको बिमा कम्पनीहरुको गुनासो छ ।

नेपालमा अहिले बिमांकी अर्थात एक्चुयरीहरु छैनन, जसका लागि जिवन बिमा कम्पनीहरुले भारतमा पठाउने गरेका छन् । नेपालमा एक्च्ययरी नभएको बहानामा बिमा कम्पनीहरुले ढिलाई गर्दै आएका छन् भने बिमा समिति यसमा रमिते बनेको छ ।

यसरी बिमा कम्पनीहरुले समयमै साधारण सभा गरि लाभांस घोषणा नगर्दा यसका लगानीकर्ताहरु भने मारमा परेका छन् । बिमा समितिले यसमा कडाई गर्न नसक्नुले समितिको क्षमता माथि पनि प्रश्न खडा भएको छ ।