neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

३८ तोला सुन सहित पाँच जना पक्राउ

Dec 13th, 2020

काठमाडौं, मंसिर २८

३८ तोला सुन सहित पाँच जना पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यही मंसिर २७ गते अन्दाजी १४ः३० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा २ मा घर भएकि बर्ष ५५ कि माईलि तामाङको घरवाट नगद पैसा तथा अ. ३८ तोला सुनका गरगहनाहरुको चोरी गरि फरार रहेकोमा उक्त जिल्लावाट अन्य जिल्लामा हुलिया सहित खोजतलास पत्राचार गरिएको उक्त हुलिया अनुसार मनप्र वृत्त लैनचौरवाट परिचालित टोलीले ड्रागन डिस्कोबाट फेला पारी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा पठाईएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु मध्ये ओखलढ्ङ्गा सिद्धीचरण न.पा.वडा नं ५ घर भई हाल का.जि. का.म.न.पा. वडा नं ६ बस्ने देबराज दाहालको साथ बाट सुन जस्तो देखिन पहेलो धातुका बिभिन्न तयारी गहना २ ३७ ग्राम, सिन्धुपाल्चोक मेलम्ची न.पा.वडा नं ११ घर भई हाल का.जि. का.म.न.पा. वडा नं ११ बस्ने रामचन्द्र चालिसको साथ बाट सुन जस्तो देखिन पहेलो धातुका बिभिन्न तयारी गहना २१० ग्राम, काभ्रेपलान्चोक धुलिखेल न.पा.वडा नं १ घर भई हाल का.जि. का.म.न.पा. वडा नं ६ बस्ने राम तामाङ (चोरी कार्यमा संलग्न), काभ्रेको धुलिखेल न.पा.वडा नं ७ घर भई हाल का.जि. का.म.न.पा. वडा नं ६ बौद्ब बस्ने हुई बहादुर तामाङ (चोरी कार्यमा संलग्न ) र काभ्रे धुलिखेल न.पा.वडा नं १ घर भई हाल का.जि. का.मन.पा. वडा नं ६ बस्ने राजन तामाङ (मुख्य चोरी कार्यमा संलग्न ) पक्राउ परेकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi