neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ४ गते काठमाण्डौमा बस्ने

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ४ गते काठमाण्डौमा बस्ने

Dec 12th, 2020

काठमाडौ, मंसिर २७

काठमाण्डौर राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते काठमाण्डौमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा बताउनु भएको छ ।

अध्यक्ष थापाले ट्विटरमा लेख्नुहुन्छ “राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ । उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ ।”