neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा वान प्लस रिलन्च गर्दै क्रेटोस टेक्नोलोजिज्

नेपालमा वान प्लस रिलन्च गर्दै क्रेटोस टेक्नोलोजिज्

Dec 10th, 2020

काठमाडौ, मंसिर २५

स्मार्टफोन जगत्कै सार्बधिक सफल ब्राण्डको रुपमा लिईने वान प्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रो का साथमा वान प्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि समेत नेपाली बजारमा आउने भएको हो । वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा. लि. मार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तिन मोडल उपलब्ध हुनेछन् ।

गत बर्ष वान प्लसले ९० हर्जको ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याए सँगै वान प्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस बर्ष फाईभ जि प्रविधी र थप उत्कृष्ठ डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनूभूती दिलाउन थप सफल रहने विश्वास लिएको छ ।

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज्प्रा. लि. लाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरे सँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास गरेको छ । क्रेटोस टेक्नोलोजिज्को देशब्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

२०७७ साल मंसिर २४ गतेबाट प्रि–वुकिङ्ग शुरु गरिएको वान प्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज प्रा. लि. ले मंसिर २९ गते देखि बजारमा ल्याउनेछ भने सोहि दिनबाट प्रि–वुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् । अनलाईन प्लेटफर्म दराज तथा सस्तो डिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ । यसरी प्रि–वुकिङ्ग गर्ने ग्राहक मध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरुले एकबर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वान प्लस कम्यूनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।