neapl investment mega bank

नेप्से आठ अंकले बढ्यो

Dec 10th, 2020

काठमाडौ, मंसिर २५

नेप्से आज बिहिबार आठ दसमलव २७ अंकले बढेर १९ सय ६४ दसमलव दुुई अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज दुुई दसमलव ३२ अंकले बढेर तीन सय ७४ दमसलव दुुई अंकमा पुगेको छ । नेप्सेमा आज दुुई सय चार वटा कम्पनीहरुको ३९ हजार चार सय १० पटकको कारोवारमा ९८ लाख ८३ हजार एक सय ९७ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम चार अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा बिकास बैक र जलबिद्युुत समुहको सुचक घटेर बाँकी १० वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ४६ अंकले बढेर १४ सय ३५ दसमलव ७७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक दुई सय छ दसमलव नौ अंकले बढेर १२ हजार ७९ दसमलव ८६ अंकमा चढेको छ । यसैगरी टे«डिङ, निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा लिर्वर्टी इर्नर्जी कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।