neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना युभेन्ट्ससँग पराजित,रोनाल्डोले गरे दुई गोल

बार्सिलोना युभेन्ट्ससँग पराजित,रोनाल्डोले गरे दुई गोल

Dec 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २४ मङ्सिर

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले बार्सिलोनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल र वेस्टन म्यानकेनीले एक गोल गरे । युभेन्ट्सले दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसको ७ मिनेटपछि वेस्टन म्यानकेनीले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसंगै समूह (जि)मा रहेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित बार्सिलोनाको पनि ६ खेलबाट १५ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi