neapl investment mega bank
  • गृहपृष्ठ
  • कुबेतका अमिरद्वारा प्रधानमन्त्रीमा शेख सबालाई नै पुनः नियुक्त

कुबेतका अमिरद्वारा प्रधानमन्त्रीमा शेख सबालाई नै पुनः नियुक्त

Dec 8th, 2020

कुबेत सिटी, २३ मङ्सिर /रासस/सिन्ह्वा

कुबेतका अमिर शेख नवाफ अल–अहमद अल–जावेर अल–सबाले मङ्गलबार प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल–हमद अल–सबालाई नै नियुक्त गर्नुभएको छ ।

कुबेत न्युज एजेन्सी ९केयूएन्ए० का अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले प्रधानमन्त्रीबाट आइतबार राजिनामा दिनुभएको थियो ।

अमिरले शेख सबाले प्रधानमन्त्रीबाट दिएको राजिनामा स्वीकृत गरी उहाँलाई नैे अर्को व्यवस्था नहुन्जेलका लागि कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी तोक्नुभएकोे थियो ।

कुबेती अमिरले प्रधानमन्त्री शेख सबालाई नयाँ सरकार गठनका लागि मन्त्रीहरूको नामावली छनोट गरी अनुमोदनका लागि पेश गर्नसमेत मङ्गलबार निर्देशन दिनुभएको छ ।

बायन प्यालेसमा अमिरसँग भएको भेटमा नवनियुक्त प्रधानमन्त्री शेख सबाले कुबेती सरकारको नेतृत्वका लागि आफूलाई पुनः छनोट गरेकोमा कृतज्ञता प्रकट गर्नुभएको बताइएको छ । उक्त अवसरमा उहाँले कुबेती कानुन र परिधि अनुसार राज्य तथा नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कुबेतले गत शनिबार ५० सीटको संसदका लागि गरेको निर्वाचनमा कूल ३२६ जनाले प्रतिस्पर्धा गरेका थिए ।