neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकले गर्‍यो औषधी उपचार बीमा भुक्तानी

सानिमा बैंकले गर्‍यो औषधी उपचार बीमा भुक्तानी

Dec 8th, 2020

काठमाडौ, मंसिर २३

सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार दुई सय ३० रुपैयाँको औषधी उपचार बीमा भुक्तानी पाएकाछन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन ।

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक पाँच हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, पाँच हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र तीन लाखको छ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् । श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।