आधारभूमि संवाददाता
काठमाडौ, २३ मङ्सिर
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १५ लाख ५१ हजार नागेको छ ।
नेपाली समय मंगलबार ३:३० बजे सम्म विश्वभरीमा ६ करोड ८० लाख ८६२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने हालसम्म विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १५ लाख ५१ हजार ७६० व्यक्तिको मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ४ करोड ७० लाख ८६ हजार ६३७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ९३ लाख ६२ हजार ४६५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ६ हजार १४२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड ५३ लाख ७० हजार ३३९ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ९० हजार ४७४ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ९७ लाख ३ हजार ९०८ जना सङ्क्रमित भएका छन् भने १ लाख ४० हजार ९९४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ६६ लाख २८ हजार ६५ जना सङ्क्रमित भएका छन् भने एक लाख ७७ हजार ३८८ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर