neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद

अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद

Dec 8th, 2020

बारा, २३ मङ्सिर

बाराका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि ल्याएको करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न सामान आइतबार र सोमबार प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याएको ४ लाख ५० हजार रुपैयाँ बराबरको बिभिन्न तयारी कपडा, १ लाख ५० हजार रुपैयाँ बराबरको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएको करीब २ लाख ५० हजार रुपैयाँ बराबरको ४ थान मोटरसाइकल फेला पारी बरामद गरेको हो ।

बरामद समानको साथै तस्करीमा संलग्न पर्सा वीरगंज महानगरपालिका-१ छपकैया बस्ने ३२ वर्षीया रुवि खातुन समेतलाई पक्राउ गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi