neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Dec 8th, 2020

उदयपुर, २३ मङ्सिर

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi