neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

राष्ट्रिय निर्माण दिवसको अवसरमा रक्तदान कार्यक्रम

Dec 7th, 2020

काठमाडौ, मंसिर २२

नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघ सचिवालयमा सोमबार भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरे ।

रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै, कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । विगतमा निर्माण दिवसमा प्रभातफेरि, एफक्यान अवार्ड लगायतका राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गरिएता पनि यस वर्ष कोरोना महामारीका कारण महासंघले रक्तदान मात्र आयोजना गरेको हो । रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह लगायतका पदाधिकारीहरुले प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।

जिल्ला निर्माण व्यवसायी संघहरुले अन्य विविध सामाजिक कार्यहरु मात्र गरी निर्माण दिवस मनाएका छन् । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा आफ्नो स्थापना दिनमा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi