काठमाडौ, मंसिर २२
नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौको चुनिखेलमा पनि एटिएम काउन्टर बिस्तार गरेको छ । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरू मध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो एक सय २६ औं एटीएम विस्तार गरेको छ ।
करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल सहितका व्यक्तिहरुले उद्घाटन गरेका हुुन । बैकले हाल ८३ वटा शाखा, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाईसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।