neapl investment mega bank
  • गृहपृष्ठ
  • झुठा अफवाह फैलाई ठगी गर्न खोज्ने पक्राउ

झुठा अफवाह फैलाई ठगी गर्न खोज्ने पक्राउ

Dec 7th, 2020

ललितपुर, मंसिर २२

झुठा अफवाह फैलाई ठगी गर्न खोज्ने पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार विगत दुुई महिना पहिले देखि धामी झाँक्रीले प्रयोग गर्ने थुरमी मा तान्त्रिक शक्ति रहेको भनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरी सर्वसाधारण मानिसहरूमा भ्रम फैलाई लोभलालचमा पारी ठगी गर्न खोज्ने दुई व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गा.पा. वडा नं. ७ ज्यामिरे घर भई काठमाण्डौ जिल्ला मिलनचोक वस्ने वर्ष ४५ को जिवन प्रजा र ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. १२ घर भई काठमाण्डौ जिल्ला धुम्वराई वस्ने वर्ष ४३ को जय गिरी रहेकाछन । प्रहरी परिसर ललितपुरका अनुसार यही मंसिर २० गते शनिवार साँझको समयमा ललितपुरको ल.पु.म.न.पा. वडा नं. १० कुपण्डोलवाट पक्राउ गरिएको हो । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।