neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित छ व्यक्ति पक्राउ

अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित छ व्यक्ति पक्राउ

Dec 7th, 2020


अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित छ व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुली हरिहर गडी गा.पा वडा नं ८ ढाँडखोला घर भई हाल जिल्ला ललितपुर जिल्ला ल.पु.म.न.पा वडा नं १७ बस्ने बर्ष २८ को राज कुमार भन्ने हरी बहादुर मोक्तान, नुवाकोट लिखु गा.पा वडा नं २ थाङचिङ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ जिल्ला का.म.न.पा वडा नं ३२ पेप्सीकोला बस्ने बर्ष ३१ को प्रेम कुमार डंगोल, सिन्धुली पिपलमाडे गा.पा ३ खुर्सानीबारी स्थायी घर भइ हाल जिल्ला ललितपुर ल.पु.म.न.पा वडा १७ बस्ने बर्ष ५० को टिकाराम तामाङ, झापा मेचीनगर न.पा वडा नं ५ धुलाबारि स्थायी वतन भइ हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १५ कलंकी बस्ने बर्ष २४ को सोबित आचार्य, धादिङ निलकण्ठ न.पा वडा नं १० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं १५ कलंकी बस्ने बर्ष २१ को शंकर ढाउन्याँ र धादिङ गजुरी घर भइ हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा २ बस्ने बर्ष २७ को सुमन बस्नेत रहेकाछन ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट रक्तचन्दन जस्तो देखिने तीन केजी ६३ ग्रामको काठको टुक्रा दुई थान, पुरातात्विक र प्राचिन जस्तो देखिने १३१८ मोरू १ लेखिएको त्रीकोण आकारको पुरानो नेपाली मुुद्रा एक थान बरामद भएको छ ।

प्रहरीका अनुसार यही मंसिर १९ गते ललितपुर महानगरपालिका वडा नं.१७ बाफलको वडा एरियामा बन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरवाट खटिएको प्रहरी टोलीले सो गतिविधीमा संलग्न निम्न मानिसहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु मध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, राज कुमार भन्ने हरी वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागी डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाईएको छ भने शंकर ढाउन्याँ तथा सुमन वस्नेत समेतले पुरातात्विक वस्तुको वेचविखन तथा संग्रह गरेको देखिंदा निजहरूलाई प्राचिन स्मारक ऐन बमोजिम यस महानगरीय प्रहरी परिसर ललितपुरवाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi