neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिगमा लिभरपुलको शानदार जित ,शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी

प्रिमियर लिगमा लिभरपुलको शानदार जित ,शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी

Dec 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ ।आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले उल्भ्सलाई ४–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह ,जर्जिनियो विजनाल्डम र जोइल माटिपले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको २४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५८ औं मिनेटमा जर्जिनियो विजनाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।६७ औं मिनेटमा जोइल माटिपले गोल गर्दै लिभरपुलई ३–० को अग्रता दिलाए ।

त्यसपछि ७८ औँ मिनेटमा उल्भ्सका नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले ४-० को शानदार जित निकालेको हो ।

जितसंगै लिभरपुलले ११ खेलबाट २४ अंक जोडेको छ दोस्रो स्थानमा छ । लिभरपुलले शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गरेको छ ।टोटेनहमको पनि ११ खेलबाट २४ अंक छ ।पराजित उल्भ्सको १७ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi