neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैँकमा खाता नहुँदा अपाङ्गता भएकालाई समस्या

बैँकमा खाता नहुँदा अपाङ्गता भएकालाई समस्या

Dec 6th, 2020

काठमाडौ, मंसिर २१

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपाल र प्रभु पेको संयुक्त आयोजना तथा नेपाल इन्टरनेट फाउन्डेसनको प्राविधिक सहयोगमा भएको भर्चुअल कार्यक्रममा मन्त्री गुरुङले सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधिसँग जोड्ने गरी सरकारले काम थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणा अनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताउनुभयो । कार्यक्रममा अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले कोभिड १९ को जोखिमको अवस्थामा पनि प्रविधिसँग पहुँच नहुँदा अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेको गुनासो गर्नुभयो । पछिल्लो समय कागजको रुपैँयाको कारोवारमा पनि कोरोनाको जोखिम रहेको सुन्दै आएकोमा आफूहरुले बैकिङ्ग कारोबार गर्नबाट बञ्चित भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बैकिङ्ग कारोबारमा समेत नभएको बताउँदै मन्त्री गुरुङ्गको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले सेवा दिने कार्यालयको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा पनि समस्या भोग्नुपरेको बताउनुभयो ।

उहाँले अपाङ्गता संरक्षण नेपाल र प्रभु पे को तर्फबाट सेवा दिने उदेश्यले हाम्रो मोबाइल वालेट बनाइएको जानकारी दिनुभयो । यसअधि बैकिङ्ग कारोबार गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरुले अबदेखी उक्त एपमार्फत सेवा लिन सक्ने जनाइएको छ । साथै एपलाई अझै सुधार गरी सरल बनाउनेतर्फ आफूहरु लागेको बताउनुभयो ।

यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसंख्या करिब पाँच लाख रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi