neapl investment mega bank
  • गृहपृष्ठ
  • सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती

सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती

Dec 6th, 2020

काठमाडौ, मंसिर २१

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा, नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण के. शी. को उपस्थितीमा सम्पन्न भयो ।

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको ब्यवस्था गरिएको छ ।