neapl investment mega bank
  • गृहपृष्ठ
  • मुस्ताङ जिल्लाको लेतेमा सेञ्चुरी बैंकको नयाँ शाखा

मुस्ताङ जिल्लाको लेतेमा सेञ्चुरी बैंकको नयाँ शाखा

Dec 6th, 2020

काठमाडौं, मंसिर २१

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आईतबारदेखि मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११५ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको जानकारी बैंकले दिएको छ ।