neapl investment mega bank

नेप्सेमा एक सय २३ अंकले भिषण पहिरो

Dec 6th, 2020

काठमाडौ, मंसिर २१

आज आईतबार नेप्से एकैदिन एक सय २३ दसमलव ३४ अंकले घटेर १९ सय ३२ दसमलव ११ अंकमा झर्दा सेन्सिटिभ पनि २१ दसमलव ६२ अंकले घटेर तीन सय ७० दसमलव ६७ अंकमा झरेको छ । हअ आज एक सय ९७ वटा वटा कम्पनीहरुको ६१ हजार आठ सय ५८ पटकको कारोवारमा एक करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम सात अर्ब २० करोड ९१ लाख ८० हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६४ दसमलव नौ अंकले घटेर १४ सय ३३ दसमलव ६९ अंकमा पुुग्दा जलबिद्युत समुहको सुचक पनि ८६ दसमलव ५१ अंकले घटेर १५ सय ४५ दसमलव १६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा रिलायन्स फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा डिप्रोक्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।