neapl investment mega bank
  • गृहपृष्ठ
  • अफगानिस्तानको कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ लडाकू मारिए

अफगानिस्तानको कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ लडाकू मारिए

Dec 6th, 2020

काबुल, २१ मंसिर ९रासस–सिन्ह्वा० –

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।