neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिडले सेभियालाई उसकै मैदानमा हरायो

रियल मड्रिडले सेभियालाई उसकै मैदानमा हरायो

Dec 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ मङ्सिर

साबिक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।शनिबार राति भएको खेलमा रियल मड्रिडले सेभियालाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो।

सेभियाको मैदानमा भएको खेलमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।

खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।तर,दोस्रो हाफको ५५ औं मिनेटमा सेभियाका गोलकिपर यासीन बौंउले आत्मघाती गोल गरेपछि रियलले जित निकालेको हो ।

जितसंगै रियलले ११ खेलबाट २० अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित सेभियाको १० खेलबाट १६ अंक छ र छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi