neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिरि ए फुटबलमा युभेन्ट्सको सहज जित

Dec 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ मङ्सिर

इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन वेस्टन म्याकेनी र लियोनार्दो बोनुचीले एक एक गोल गरे । टोरिनोको निकोलस एनकोउलोले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता टोरिनोले लिएको थियो । खेलको नवौं मिनेटमा निकोलसले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७७ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै खेल बराबरीमा फर्काए ।त्यसपछि खेलको ८९ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

त्यसको १ मिनेटपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।युभेन्ट्सका कार्लोले दोस्रो पहेँलो कार्ड ९रातो कार्ड० पाएका थिए।

जितसँगै युभेन्ट्सले १० खेलबाट २० अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित टोरिनोको ६ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi