neapl investment mega bank

टुकोनको काभ्रे जिल्ला समिति गठन

Dec 5th, 2020

काभ्रेपलाञ्चोक,मंसिर २०

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को आज काभ्रेपलाञ्चोक जिल्ला कार्य समिति गठन भएको छ । राप्रपाका केन्द्रीय सदस्य एवं टुकोनका केन्द्रीय अध्यक्ष हिक्मत जंग भण्डारीको विशेष उपस्थिती तथा रुपा विष्टको अध्यक्षतामा सम्पन्न काभ्रेका श्रमिकहरुको भेलाले जिल्ला समिति गठन गरेको हो ।

नवगठित जिल्ला कार्यसमितिको संयोजकमा कृष्णगोपाल पाण्डे, सदस्य सचिबमा सविन्द्र विष्ट तथा सदस्यहरुमा रुपा विष्ट, रोहित वादे, सरोज विष्ट, प्रफुल विष्ट एवं निरज भुजेल रहनुभएको छ । नवगठित कार्यसमितिको आजै सम्पन्न पहिलो बैठकले चाँडै जिल्ला अधिवेशन गरि जिल्ला कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ ।

सो भेलालाई संक्षिप्त सम्बोधन गर्दै टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले विदेशी भूमिमा गरिएको कथित १२ बुँदे सहमतिपछि जवर्जस्ती लादिएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपालका लागि अफावसिद्ध भएको यथार्थ त्यसका विरुद्ध देशव्यापी प्रदर्शनले देखाइसकेको हुँदा अब सम्पूर्ण श्रमिकहरु ट्रेड युनियन महासंघ नेपाल (टुकोन) मा गोलबद्ध भएर देशलाई निकास दिन एकजुट हुनुपर्ने समय आइसकेको बताउनुभयो ।

बनेपामा आयोजित सो भेलामा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का सचिबालय प्रमुख भरत ढकाल, उपमहासचिब आनन्द कुमार रिसाल, वित्तिय विभाग प्रमुख पद्मराज खनिया, प्रकाशन विभाग प्रमुख कृष्ण खनाल लगायतको उपस्थिती रहेको थियो ।