neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • के तपाईहरु पार्लेको मोनाको बिस्कुट खाँदै हुनुहुन्छ ? सावधान बिस्कुट भित्र भेटिए मरेका कमिला र किराहरु

के तपाईहरु पार्लेको मोनाको बिस्कुट खाँदै हुनुहुन्छ ? सावधान बिस्कुट भित्र भेटिए मरेका कमिला र किराहरु

Dec 5th, 2020

काठमाडौं, मंसिर २०

नेपालमा अझै पनि बालबालिकाहरुलाई खाजाकोरुपमा बिस्कुट दिने गरिएको छ, यसैगरी बिरामी र दाँत झरेका बुढाबुढीहरुलाई पनि खानको लागि सहज हुुन्छ भन्दै बिस्कुट दिने गरिएको छ ।

तर अब भने यसरी दिने बिस्कुटमा होस पुर्याउनु पर्ने बेला आएको छ । बिस्कुट बिक्री गर्ने कम्पनी, बितरकको चरम लापरवाहीले बिस्कुट भित्र, मरेका किरा, कमिला आदि भेटिन थालेकाछन ।

यसकै पछिल्लो उदाहरण हो, भारतमा कम्पनी भएको पारले मनाको बिस्कुट भित्र मरेका कमिला भेटिएकाछन । उक्त बिस्कुटभित्र मरेका कमिलाहरु छ्यापछ्याप्ती भेटिन थालेकाछन । पछिल्लो पटक अर्थात सेप्टेम्बर २०२०, लेखेको ब्याज नं ९ भएको बिस्कुट एक उपभोक्ताले खाजाको रूपमा खान खोज्दा त्यस्तो पाइएको हो ।

उक्त बिस्कुट खादै हुनुहुन्छ भने होस पुर्याएर खान आम उपभोक्तालाई सचेत भई उपयोग गर्नु घातक उपयोक्ता हित संरक्षण मंञ्चका उपाध्यक्ष सुर्य बहादुर थापाले बताए । अहिलेको यस्तो महामारीको समयमा यसरी बिस्कुटमा मरेका कमिला भेटिनु उत्पादक तथा बितरकहरुको मानव स्वास्थप्रतिको चरम लापरवाही हो, उनले भने ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi