neapl investment mega bank
  • गृहपृष्ठ
  • तीन महिनामा ९९ अर्ब रुपैयाँको भारतीय मुद्रा खरिद

तीन महिनामा ९९ अर्ब रुपैयाँको भारतीय मुद्रा खरिद

Dec 4th, 2020

काठमाडौ, मंसिर १९

चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा ९९ अर्ब रुपैयाँको भारतीय रुपैयाँ खरिद भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार चालुु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा प्र्रस्तुुत गर्दे भारतीय मुुद्रा खरिद सम्वन्धी उक्त जानकारी दिएको हो ।

यस अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी ९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको हो, राष्ट्र बैंकले भनेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ६ करोड विक्री गरी एक खर्ब १९ अर्र्ब ९८ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

चालुु आवको पहिलो तीन महिनामा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी एक खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी एक खर्ब दुुई अर्ब ६३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

यसैगरी राष्ट्र बैंकले बित्तीय प्रणालीमा तरलता पर्याप्त रहेको जनाएको छ । चालुु आवको पहिलो तीन महिनामा रिभर्स रिपोमार्फत्रु. ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब गरी कुल ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा रिपोमार्फत् ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत् ४९ अर्ब ८० करोड गरी कुल ८९ अर्ब ३२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो भने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब तरलता प्रशोचन गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।