neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहीबार थपिए १३४३ कोरोना संक्रमित , २१११ जना डिस्चार्ज,१३ जनाको मृत्यु

बिहीबार थपिए १३४३ कोरोना संक्रमित , २१११ जना डिस्चार्ज,१३ जनाको मृत्यु

Dec 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १८

बिहीबार थप १३४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ९ हजार २८९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार २८९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५७६  रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना छन् । हालसम्म १७ लाख ६३ हजार ९१९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २ हजार १११ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ५ सय ५१ पुगेको छ। बिहीबार मात्रै १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।