neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित

एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित

Dec 3rd, 2020

काठमाडौ, मंसिर १८

एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा“ दि बैंकर्स बैंक अफदिइयर २०२०” बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनेर आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।

एनएमबि बैंक ग्लोवल अलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) को नेपालमा एक मात्रै “क” वर्गको सदस्य वाणिज्य बैंककोरुपमा रहनुका साथै नेपालमा दीगो मूल्यमान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको छ जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्वन अकाउन्टिङ फाईनान्सीयल (पिसिएएफ) स्टिअरिङ्ग कमिटिको सदस्य बैंककोरुपमा एबिएन, एएमआरओ, मोर्गान स्ट्यान्ली जस्ता संसारकै उत्कृष्ट बैंकहरुकासाथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ ।

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्तबजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भिœयाउन सफल भएको छ । यस बैंकले नेपालमा वातावरणीय तथा सामाजीक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ । बैंक अप mदिइयर उपाधिले विश्वव्यापीरुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्त ाविभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ । विगत चार वर्षमा बैंकलाई तेश्रौं पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्षविभोर भएका छौं, बैंकले भनेको छ ।

विश्व समुदायनै कोभिड १९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दिइयर २०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्घताका साथै यस बैंकको आदरणीय सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल भएको बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंकले फरक मूलधारको बैंकमा स्थापना हुन गरेका रणनैतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड १९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरुको वित्तीय अधिकार एवं निर्बाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बैंकिङ्ग क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममा आधारित विभिन्न सेवाहरुको प्रारम्भ तथायस असहज परिस्थितिमा सामाजीक उत्थान एवं स्वास्थय सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरु नै यस बैंकको सफलताका कारकहरु रहेको जानकारी पनि बैंकले दिएको छ ।