neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १४९० जनामा कोरोना सङ्क्रमण ,१५६७ जना डिस्चार्ज ,नौ को मृत्यु

थप १४९० जनामा कोरोना सङ्क्रमण ,१५६७ जना डिस्चार्ज ,नौ को मृत्यु

Dec 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ मङ्सिर

बुधवार थप १४९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ८ हजार ३०० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ३०० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६३२ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ जना छन् । हालसम्म १७ लाख ५४ हजार ६३० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १ हजार ५६७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६७ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख १८ हजार १६१ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ।बुधवार मात्रै नौ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।