neapl investment mega bank

नेप्सेमा ७० अंकको उच्च बृद्धि

Dec 2nd, 2020

काठमाडौं, मंसिर १७

आज बुधबार नेप्से ७० दसमलव ६२ अंकले बढेर दुई हजार ७१ दसमलव दुुई अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आजल १२ दसमलव २५ अंकले बढेर तीन सय ९६ दसमलव चार अंकमा पुुगेको छ । दुुई सय एक वटा कम्पनीहरुको ६१ हजार छ सय ३६ पटकको कारोवारमा एक करोड ५५ लाख ६४ हजार चार सय २७ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार नौ सय ७२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक आज छ दसमलव ३८ अंकले बढेर १५ सय सात दसमलव ३२ अंकमा पुुगेकोमा जलबिद्युुत समुहको सुचक पनि ८८ दसमलव ९९ अंकले बढेर १७ सय २१ दसमलव ३१ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने आज नेपाल टेलिमक परेको छ ।