आधारभूमि संवाददाता
काठमाडौ, १७ मङ्सिर
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ६ करोड ४१ लाख नाघेको छ ।
नेपाली समय बुधवार १२:०० बजे सम्म विश्वभरीमा ६ करोड ४१ लाख ९५ हजार ७३८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म चार करोड ४४ लाख ४३ हजार २१४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ८२ लाख ६५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ६ हजार ६७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ लाख ८६ हजार ८४४ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड ४१ लाख ८ हजार ६०६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ७६ हजार ९७९ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ९४ लाख ९९ हजार ७१० जना सङ्क्रमित भएका छन् भने १ लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ६३ लाख ८८ हजार ५२६ जना सङ्क्रमित भएका छन् भने एक लाख ७३ हजार ८६२ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर