आधारभूमि संवाददाता
काठमाडौं, मंसिर १७
ब्याजदरलाई निश्चीत सिमामा राख्न राष्ट्र बैंकले आज ५० अर्बको निक्षेप उपकरण बिक्री गर्दैछ । महामारीका कारण लगानीका ढोका बन्द भएपछि अहिले बैंकमा पैसा थुप्रिएको छ । यसले ब्याज घटाउँदै लगेको छ । यसरी घट्दै गएको ब्याजलाई स्थायित्व दिनका लागि राष्ट्र बैंकले निक्षेप उकपरण बिक्री गर्न लागेको हो ।
ब्याजदर करिडोर कार्यान्वयन अर्थात ब्याजदरलाई निश्चीत सिमामा राख्नु पर्ने राष्ट्र बैंकलाई दवाव छ । जसका लागि नै राष्ट्र बैंकले विभिन्न निक्षेप योजना ल्याउने गर्छ । यसरी बैंकमा तरलताको रुपमा रहेको रकम राष्ट्र बैकमा गएसँगै केहि दिनका लागि भएपनि बजारमा थोरै रकम अभाव हुने र जसले ब्याजदर माथि लाने राष्ट्र बैंकको आकलन छ । तर यसका लागि बैंकहरुले निक्षेप योजना खरिद गर्नु पर्छ ।
यसअघि राष्ट्र बैकले आह्वान गरेको निक्षेप योजनामा बैंकहरु खासै आकर्षित भएका थिएनन् । ३३ अर्ब मध्ये जम्मा २४ अर्ब मात्रै बिक्री भएको थियो ।
पछिल्लो समय बैंकहरुबाट कर्जा प्रबाह केहि बढेको छ । बिशेषगरि सेयर कर्जा बढेका कारण बैंकहरुले राष्ट्र बैंकको निक्षेप योजनामा खासै आकर्षित भएका छैनन् ।
राष्ट्र बैंकको यस्तो निक्षेप योजनामा न्युन मात्रामा मात्रै ब्याज पाइने तर सेयर कर्जामा यसको भन्दा धेरै ब्याज पाइने भएका कारण निक्षेप योजनामा बैंकहरुले लगानी नगरेका हुन् ।
बजारमा अहिले पनि अधिक तरलता छ । तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निक्षेप उपकरण सार्वजनिक गर्ने गरेको छ । ब्याज धेरै तल जान नपाओस् भनेर राष्ट्र बैंकले यसो गरेको हो ।
पछिल्लो समय सेयर बजार बढि रहेकाले यसमा जाने कर्जाको माग पनि बढेको छ । जसका कारण अहिलेको निक्षेप योजना पनि पुरै बिक्ला भनेर आस गर्न सकिदैन ।
क कसले किन्न पाउँछन् ?
राष्ट्र बैकका अनुसार भोलि बुधबार अपरान्ह दुुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
परिपक्व हुुने अवधि २८ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०७७ पुस १५ गते तोकिएको छ । राष्ट्र« बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।