neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्न एट्लेटिको म्याड्रिडसँग बराबरीमा रोकियो

बायर्न एट्लेटिको म्याड्रिडसँग बराबरीमा रोकियो

Dec 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ मङ्सिर

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिख एट्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको समूह (ए) को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बायर्नको लागि थोमस मुलरले एक गोल गरे भने एट्लेटिकोको लागि जोआओ फिलिक्सले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो । खेलको २६ औं मिनेटमा जोआओ फिलिक्सले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १-० ले अघि बढाएका थिए।

तर, दोस्रो हाफको ८६ औं मिनेटमा बायर्नका थोमस मुलरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

यहि समूहको अर्को खेलमा अस्ट्रियन क्लब साल्जवर्गले रसियन क्लब लोकोमोटिभ मस्कोलाई ३-१ ले पराजित गरेको छ।

साल्जवर्गलाई जित दिलाउन मर्जिम बेरीशाले दुई र करीम एडेमीले एक गोल गरे । लोकोमोटिभ मस्कोको एन्टोन मिरानचुकले एक गोल फर्काए।

बराबरीसँगै यसअघि नै अन्तिम १६ मा पुगेको बायर्नले ५ खेलबाट १३ अंक जोडेको छ र शीर्ष स्थानमा छ । एट्लेटिको म्याड्रिडको ६ अंक छ दोस्रो स्थानमा छ ।तेस्रो स्थानको साल्जवर्गको ४ अंक छ।लोकोमोटिभको ३ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi