neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियल मड्रिड शख्तरसंग २-० गोलले पराजित

Dec 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ मङ्सिर

यूइएफ च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड शख्तरसंग पराजित भएको छ ।मंगलबार राति भएको समूह (बी) को खेलमा रियल मड्रिड युक्रेन क्लब शख्तरसंग २-० गोलले पराजित भएको हो ।

शख्तरलाई जित दिलाउन डेन्टीन्हो र मनोर सोलोमनले एक-एक गोल गरेका थिए ।शख्तरले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५७ औं मिनेटमा डेन्टीन्होले गोल गर्दै शख्तरलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि खेल सकिन ८ मिनेट छदाँ मनोर सोलोमनले गोल गर्दै शख्तरलाई २-० को जित दिलाए।

जितसंगै समूह (बी) मा रहेको शख्तरले ५ खेलबाट ८ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ। पराजित रियलको ५ खेलबाट ७ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi