neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डू लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न

बैंक अफ काठमाण्डू लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न

Dec 1st, 2020

काठमाडौ, मंसिर १६

बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६ औं वार्षिक साधारण सभा आज सोमाबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोहमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टान्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।