neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेडको जितमा काभानीले गरे दुई गोल र एक असिस्ट

युनाईटेडको जितमा काभानीले गरे दुई गोल र एक असिस्ट

Nov 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ।आइतबार राति भएको खेलमा युनाईटेडले साउथेम्प्टनलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन एडिनसन काभानीले दुई र ब्रुनो फर्नांडीसले एक गोल गरे । साउथेम्प्टनको जान बेडनरेक र जेम्स वार्ड प्रोव्सेले एक एक गोल गरे ।

खेलमा पहिलो अग्रता साउथेम्प्टनले लिएको थियो । खेलको २३ औं मिनेटमा जान बेडनरेकले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।३३ औं मिनेटमा जेम्स वार्ड प्रोव्सेले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० ले अघि बढाए।

पहिलो हाफमा २-० ले पछि परेको युनाईटेडले दोस्रो हाफमा स्थिति उल्टाएर जित निकालेको हो ।

दोस्रो हाफको ६० औं मिनेटमा युनाईटेडका ब्रुनो फर्नांडीसले काभानीको पासमा गोल गर्दै २-१ को स्थितिमा ल्याए ।७४ औं मिनेटमा काभानीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि इन्जुरी समयमा काभानीले रास्फोर्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३-२ को शानदार जित दिलाए ।

जितसँगै युनाईटेडले ९ खेलबाट १६ अंक जोडेको छ सातौं स्थानमा उक्लिएको छ। साउथेम्प्टनको १७ अंक छ पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi