neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सीसँग बराबरीमा रोकिए पनि टोटेनहम शीर्ष स्थानमा

चेल्सीसँग बराबरीमा रोकिए पनि टोटेनहम शीर्ष स्थानमा

Nov 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग टोटेनहम बराबरीमा रोकिएको छ । आइतबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा टोटेनहम र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।घरेलु मैदानमा खेलको १० औं मिनेटमा टिमो वेर्नेरले गोल गरे पनि अफसाइड रहेपछि सो गोल रद्द भएको थियो ।टोटेनहमले पनि गोलको अवसर गुमाएको थियो । ।

बराबरीपछि पनि टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमले १० खेलबाट २१ अंक जोडेको छ ।चेल्सीले १० खेलबाट १९ अंक जोडेको छ र तेस्रो स्थानमा रहेको छ ।दोस्रो स्थानको लिभरपुलको पनि १० खेलबाट २१ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi