neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको मिलानको सहज जित,दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता

शीर्ष स्थानको मिलानको सहज जित,दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता

Nov 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ मङ्सिर

इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले फियोरेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन एलेसियो रोमाग्नोली र फ्र्याक केसीले एक-एक गोल गरे । मिलानले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १७ औं मिनेटमा एलेसियो रोमाग्नोलीले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।२७ औं मिनेटमा फ्र्याक केसीले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।त्यसपछि कुनै गोल हुन सकेन र मिलानले जित निकालेको हो ।

जितसँगै एसी मिलानले ९ खेलबाट २३ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित फियोरेन्टिनाको ८ अंक छ र १६ औं स्थानमा छ ।एसी मिलानले दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता बनाएको छ ।तेस्रो स्थानको सासुलोको पनि ९ खेलबाट १८ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi