neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चीनका रक्षामन्त्री जनरल वेई फेङ्गहे जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहभागी

चीनका रक्षामन्त्री जनरल वेई फेङ्गहे जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहभागी

Nov 29th, 2020

काठमाडौ, मंसिर १४

नेपालको एकदिने वर्किङ भिजिटमा आएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सीलर तथा रक्षामन्त्री जनरल वेई अज आइतबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएकाछन ।

रक्षामन्त्री जनरल वेई जंगी अड्डामा आएर सर्वप्रथम उनको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरिक्षण गरेका थिए । तत्पश्चात् उनले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापासंग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।

सो भेटवार्ता पछि उनी सहीतको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य(दृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यतः कोभिड १९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

रक्षामन्त्री जनरल वेई र उनको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मकरुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिए । त्यसै अवसरमा जनरल वेई ले नेपाली सेनाको कोभिड १९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरे । यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi